Intoduction

मौरीपालन व्यावसाय नेपालको पुर्ख्याैली पेशा हुनु, प्राकृतिक चरनको उपलब्धता, उपयुक्त हावापानी आदि कारणले गरीब जनताको जीवनस्तर उकास्‍नमा मद्दत पुगोस् भन्‍ने हेतुले मौरीपालन व्यावसायको विकास र विस्तारका लागि स्थापित यस मौरीपालन विकास शाखा कृषि तथा सहकारी मन्त्रालय, कृषि विभाग र व्यावसायिक कीट विकास निर्देशनालय अन्तर्गत पर्दछ । यस कार्यालयको स्थापना २०३७/०३८ सालमा “विषेश मौरीपालन कार्यक्रम” भनि एउटा सानो इकाइको रुपमा रेशम खेती विकास शाखास“गै खोपासीमा भएको थियो । पछि तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र सरकारबाट निर्देशन बक्स भए बमोजिम मौरीपालन कार्यक्रमलाई कृषि विभाग अन्तर्गत केन्द्रीयस्तरको कार्यालयको रुपमा “मौरीपालन केन्द्र” को नामबाट आ.व.२०४२/०४३ मा गोदावरीमा स्थापना गरिएको हो । पछि कार्यालयको काम प्रकृति र उद्देश्यलाई दृष्टिगत गरी आ.व. २०४९/०५० मा “मौरीपालन केन्द्र” को नाम परिवर्तन गरी “मौरी विकास कार्यक्रम” राखियो । पुनः आ.व.२०५२/०५३ मा यस कार्यालयलाई व्यावसायिक कीट विकास निर्देशनालयको मातहतको शाखाको रुपमा स्थापित भई “मौरी विकास शाखा” भनेर नामाकरण गरियो । कृषि तथा सहकारी मन्त्रायलय, कृषि विभागको वर्तमान नया“ संरचना (आ.व. ०६१/६२) अनुसार यस शाखाको परिमार्जित नाम “मौरीपालन विकास शाखा” रहेको छ ।
ललितपुर जिल्लाको विशंखुनारायण गा.वि.स. वडा नं. ९ को गोदावरीमा अवस्थित यो कार्यालय राष्ट्रिय वनस्पति उद्यानसँगै जोडिएको छ । जिल्ला सदरमुकामबाट ११.२ कि.मि. दक्षिण पूर्वमा अवस्थित यो कार्यालय ८५डिग्री ४' पूवी देशान्तर, २७डिग्री ४' उत्तरी अक्षांश र समुद्रसतह देखि १५३० मीटर (५१०० फीट) को उचाइमा रहेको छ ।
समशितोष्ण प्रकृतिको हावापानी भएको यस ठाउँमा तुलनात्मक रुपमा लामो समयसम्म वर्षा भइरहन्छ भने हिउँदमा कहिलेकाही २/४ पटकसम्म नजिकका पहाडमा हिमपात हुने हुँदा अलि कडा किसिमको जाडो हुन्छ ।
आफ्नै स्वामीत्वमा नभएपनि कार्यालयले ओगटेको जमिनको क्षेत्रफल ३ हेक्टर (६० रोपनी) छ भने भौतिक पूर्वाधारहरुमा कार्यालय भवन–१, छात्राबास–२, पाहुनाघर–१, आवास–१, पालेघर–१, पुस्तकालय–१, प्रयोगशाला–१, घार निर्माण वर्कशप–१, क्यान्टीन–१, स्टोर–१, तालिम हल–१ र मोटरग्यारेज–१ रहेका छन् ।

Read More

News & Notice

Office Chief

Mr. Tirtha Kumar Shrestha

Senior Apiculturist

Read More

Information Officer


Archana Bhattarai
Agriculture Extension Officer
Phone: 9843497478

Video Gallery

Nepal National Anthem

View All